म्याक्रों पुनः राष्ट्रपति निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन « Khabarhub

म्याक्रों पुनः राष्ट्रपति निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्समा इम्मानुएल म्याक्रों राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि प्रदर्शन भएको छ । मध्य पेरिसको साट्ले क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

म्याक्रों दोश्रो कार्यकालका लागि निर्वाचित भएपछि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको जनाइएको छ ।

आइतबार भएको दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा म्याक्रोंले दक्षिणपन्थी नेतृ मरी ले पेनलाई पराजित गरेका थिए । म्याक्रोंको पक्षमा ५८ दशमलब ८ प्रतिशत मत आएको थियो भने ले पेनले ४१ दशमलब २ प्रतिशत मत ल्याएको फ्रान्सको फ्रान्स २४ टेलिभिजनले जनाएको छ ।

यसअघि गत अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्‍वारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वार म्याक्रों र ले पेनबीच दोश्रो चरणको प्रतिस्पर्धा भएको हो ।

म्याक्रोंले ले पेनलाई ठूलो अन्तरले पराजित गरेपनि यो मतदानमा अनुपस्थित रहने मतदाताको संख्या सन् १९६९ यताकै सबैभन्दा उच्च रहेको रोयटर्सको अनुमान छ ।

पहिलो चरणको मतदान र दोश्रो चरणको मतदानबीच पेरिसको सोबोन र अन्य विश्वविद्यालयहरुमा विद्यार्थीहरुले दुबै उम्मेद्‍वारको विरोधमा प्रदर्शन गर्दै आएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ५१ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको