म्याक्रों पुनः राष्ट्रपति निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन | Khabarhub Khabarhub

म्याक्रों पुनः राष्ट्रपति निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्समा इम्मानुएल म्याक्रों राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि प्रदर्शन भएको छ । मध्य पेरिसको साट्ले क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

म्याक्रों दोश्रो कार्यकालका लागि निर्वाचित भएपछि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको जनाइएको छ ।

आइतबार भएको दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा म्याक्रोंले दक्षिणपन्थी नेतृ मरी ले पेनलाई पराजित गरेका थिए । म्याक्रोंको पक्षमा ५८ दशमलब ८ प्रतिशत मत आएको थियो भने ले पेनले ४१ दशमलब २ प्रतिशत मत ल्याएको फ्रान्सको फ्रान्स २४ टेलिभिजनले जनाएको छ ।

यसअघि गत अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्‍वारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वार म्याक्रों र ले पेनबीच दोश्रो चरणको प्रतिस्पर्धा भएको हो ।

म्याक्रोंले ले पेनलाई ठूलो अन्तरले पराजित गरेपनि यो मतदानमा अनुपस्थित रहने मतदाताको संख्या सन् १९६९ यताकै सबैभन्दा उच्च रहेको रोयटर्सको अनुमान छ ।

पहिलो चरणको मतदान र दोश्रो चरणको मतदानबीच पेरिसको सोबोन र अन्य विश्वविद्यालयहरुमा विद्यार्थीहरुले दुबै उम्मेद्‍वारको विरोधमा प्रदर्शन गर्दै आएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ५१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग