अपराध

सूर्यविनायकबाट २५ लाखभन्दा बढी रुपैयाँको गहना चोरी

By खबरहब

April 25, 2022

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको छ ।

उप्रेतीको घरबाट करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको प्रहरीले जनाएको छ। आइतबार साँझ ती गहना चोरी भएको हो ।

गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।