अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेन भ्रमणमा, सैन्य सहायताको बाचा « Khabarhub

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेन भ्रमणमा, सैन्य सहायताको बाचा


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोयड अष्टिनले युक्रेनको भ्रमण गरेका छन् ।

रुसले गत फेब्रुअरी २४ मा आक्रमण गरेयता अमेरिकी प्रशासनका सबैभन्दा शीर्ष अधिकारीहरुले युक्रेनको भ्रमण गरेका हुन् । राजधानी किभमा उनीहरुले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको जनाइएको छ ।

भेटवार्ताका क्रममा अमेरिकी अधिकारीहरुले रुसविरुद्ध लड्न युक्रेनलाई थप हतियार सहयोग गर्ने बाचा गरेको अमेरिकी सार्वजनिक रेडियो एनपीआरको अनलाइन संस्करणले जनाएको छ ।

उनीहरुले जेलेन्स्कीलाई अमेरिकाले १६ करोड ५० लाख डलर बराबरको गोलीगठ्ठा बिक्रीलाई सदर गरेको र ३० करोड डलर सहायता उपलब्ध गराउने बताएको जनाइएको छ ।

अमेरिकाले पछिल्लो समय युक्रेनलाई ठूलो स्तरमा सैनिक सहायताको घोषणा गर्दै आएको छ ।

केही दिनअघिमात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका