अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेन भ्रमणमा, सैन्य सहायताको बाचा | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेन भ्रमणमा, सैन्य सहायताको बाचा


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोयड अष्टिनले युक्रेनको भ्रमण गरेका छन् ।

रुसले गत फेब्रुअरी २४ मा आक्रमण गरेयता अमेरिकी प्रशासनका सबैभन्दा शीर्ष अधिकारीहरुले युक्रेनको भ्रमण गरेका हुन् । राजधानी किभमा उनीहरुले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको जनाइएको छ ।

भेटवार्ताका क्रममा अमेरिकी अधिकारीहरुले रुसविरुद्ध लड्न युक्रेनलाई थप हतियार सहयोग गर्ने बाचा गरेको अमेरिकी सार्वजनिक रेडियो एनपीआरको अनलाइन संस्करणले जनाएको छ ।

उनीहरुले जेलेन्स्कीलाई अमेरिकाले १६ करोड ५० लाख डलर बराबरको गोलीगठ्ठा बिक्रीलाई सदर गरेको र ३० करोड डलर सहायता उपलब्ध गराउने बताएको जनाइएको छ ।

अमेरिकाले पछिल्लो समय युक्रेनलाई ठूलो स्तरमा सैनिक सहायताको घोषणा गर्दै आएको छ ।

केही दिनअघिमात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’