काठमाडौँ मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा डबल मत ल्याउँछु | Khabarhub Khabarhub

काठमाडौँ मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा डबल मत ल्याउँछु


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् ।

उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे ।

स्थापित काठमाडौँ महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् । यसैगरी एमालेबाट काठमाडौँ महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०९ बजे

सेयर बजार २.१७ अंकले घट्यो

काठमाडौं- सेयर बजार एकल अंकले ओरालो लागेको छ  । मंगलबार

हमासले रिहा गरेका बन्दीलाई स्वदेश फर्काउन थाई विदेशमन्त्री इजरायलमा

जेरुसलेम- थाइल्याण्डका विदेशमन्त्री पार्णप्री बाहिद्या नुकारा रिहा गरिएका बन्धकहरूलाई फिर्ता

लप्सीफेदीका स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै

बाल संरक्षण मापदण्डको मस्यौदामाथि छलफल

काठमाडौं- राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा

‘रङ्गेलीमा’ भगवान् दादा बने अर्पण थापा

काठमाडौं- फिल्म ‘रङ्गेली’ को नयाँ क्यारेक्टर पोस्टरमा अभिनेता अर्पण थापाको