एमालेबाट काठमाडौँ मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता  « Khabarhub

स्थानीय तह निर्वाचन

एमालेबाट काठमाडौँ मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता 


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । 

काठमाडौँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् । 

स्थापित काठमाडौँ महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् । 

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्व मेयर स्थापितलाई नै काठमाडौँ मेयरमा अघि सारेको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०१ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६