साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड « Khabarhub

साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नार्गाजुन नगरपालिकाको सम्पर्क कार्यालय कारखाना चोकमा स्थापना गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कार्यालयको स्थापना गर्दै जनताको स्वतन्त्रता र संविधानको रक्षाका लागि स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धनका अग्रगमन पक्षधर साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य विनोद श्रेष्ठले अहिलेको चुनावमा जनताले अग्रगमन पक्षलाई अनुमोदन गर्ने बताए । पार्टीकी नेत्री शोनाम लामाले नार्गाजुन नगरपालिकाभित्र रहेका प्राचीन सम्पदास्थलको संरक्षण पर्यटकीयस्थल तथा त्यस आसपास क्षेत्रमा पूर्वाधार निर्माण गर्न जसपाले त्यस क्षेत्रको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

नार्गाजुन निर्वाचन प्रचारप्रसार समितिका सदस्य शङ्कर लामाले कार्यालयको स्थापनाले स्थानीय तहको चुनावमा आवश्यक कागजात सङ्कलनका साथै चुनाव प्रचारका कार्यक्रम तथा पार्टीका साङ्गठनिक गतिविधि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ५६ बजे

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक