राजनीति

भरतपुरको मेयरमा एमालेका सुवेदीले दिए उम्मेदवारी

By खबरहब

April 25, 2022

भरतपुर- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराए । उनको प्रस्तावकमा देवी ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् । यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो । राप्रपाका उम्मेदवार भने आएका छैनन् ।

नेकपा एमालेबाट भरतपुरका मेयर उम्मेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।