पोखरामा एमालेका मेयर र उपमेयरले गरे मनोनयन दर्ता « Khabarhub

पोखरामा एमालेका मेयर र उपमेयरले गरे मनोनयन दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गरेका छन् । मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिएका हुन् । एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार बनाएको हो । 

यसअघि दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनी ‘सुन चोरी काण्ड’ मा परेका व्यक्ति भन्दै विवाद भएपछि थापालाई उम्मेदवार बनाएको हो । थापाले प्रदेश सभाबाट राजीनामा दिएर मनोनयन दिएका हुन्न । ‘आकांक्षी धेरै भएपछि मैले छोडेको थिएँ । अहिले पार्टीले आवश्यकता महसुस गर्यो र उम्मेदवार बनायो,’ उपमेयरकी उम्मेदवार गुरुङले भनिन्, ‘केही गर्न बाँकी छ । यो कार्यकालमा पूरा गर्छु ।’ गुरुङ यसअघि नउठ्ने बताएकी थिइन् । 

मेयर उम्मेदवार थापा २५ वर्षपछि पोखरामा फर्किन पाएकोमा खुशी व्यक्त गरे । ‘म हिजो टिकट नपाउँदा पनि विरोधमा थिइन । आज अरु पनि हुनुहुन्न्,’ उनले भने, ‘फेरि टिकट पाएँ खुशी छु ।’

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : २१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस