स्पोर्ट्स ड्रामाको तयारीमा आमिर | Khabarhub Khabarhub

स्पोर्ट्स ड्रामाको तयारीमा आमिर


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता आमिर खानको आफ्नै फ्यान छन् ।

उनको फिल्मले आक्रामक व्यापार गर्दैन । तर, रफ्तार विस्तारै बढाउँछ। आमिरले फिल्ममा आफूलाई पात्रमै ढाल्ने गर्छन् । त्यसैले दर्शकका प्रिय छन्, आमिर । तर, उनलाई पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ पश्चात पर्दामा देख्न पाइएको छैन । कोरोना भाइरसको महामारीले गर्दा केही ढिलाई भएको उनको फिल्म ‘लाल सिंह चड्डा’ केही महिना पश्चात रिलिज हुँदै छ।

केही समय अगाडि आफूले यस क्षेत्रलाई छाडेर सन्यास लिने निर्णय समेत लिने सोचमा पुगेको बताउँने अभिनेता आमिरले नयाँ फिल्मको तयारी गरिरहेका छन् । उनले यसै वर्षको अन्त्यबाट छायांकनमा जाने गरि आरएस प्रसन्नासँग काम गर्ने तयारी गरिरहेका छन् ।

शुभ मंगल सावधान निर्देशक प्रसन्नासँग आमिरले स्पोर्ट्स ड्रामामा काम गर्न लागेका हुन् । उनले स्पोर्ट्सलाई लिएर तयार गरेका फिल्महरु लगान, दंगल लगायतले बक्स अफिसमा रेकर्ड बनाएका छन् ।

आफ्नो स्टारडमलाई छायाँमा पार्न सफल क्यारेक्टरलाई अपनाउने आमिरले नयाँ पुस्ताको लागि फिल्म बनाउन नयाँ पुस्तासँगै काम गर्ने रणनीति अनुसार अगाडि बढिरहेका छन् । फिल्मको स्क्रिप्टको काम भइरहेको बताइएको छ ।

यसविषयमा आमिरले आफ्नो प्रदर्शनको क्रममा रहेको फिल्म ‘लाल सिंह चड्डा’ को रिलिज पश्चात घोषणा गर्ने भारतीय मिडियामा उल्लेख छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : २३ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव