स्पोर्ट्स ड्रामाको तयारीमा आमिर « Khabarhub

स्पोर्ट्स ड्रामाको तयारीमा आमिर


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता आमिर खानको आफ्नै फ्यान छन् ।

उनको फिल्मले आक्रामक व्यापार गर्दैन । तर, रफ्तार विस्तारै बढाउँछ। आमिरले फिल्ममा आफूलाई पात्रमै ढाल्ने गर्छन् । त्यसैले दर्शकका प्रिय छन्, आमिर । तर, उनलाई पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ पश्चात पर्दामा देख्न पाइएको छैन । कोरोना भाइरसको महामारीले गर्दा केही ढिलाई भएको उनको फिल्म ‘लाल सिंह चड्डा’ केही महिना पश्चात रिलिज हुँदै छ।

केही समय अगाडि आफूले यस क्षेत्रलाई छाडेर सन्यास लिने निर्णय समेत लिने सोचमा पुगेको बताउँने अभिनेता आमिरले नयाँ फिल्मको तयारी गरिरहेका छन् । उनले यसै वर्षको अन्त्यबाट छायांकनमा जाने गरि आरएस प्रसन्नासँग काम गर्ने तयारी गरिरहेका छन् ।

शुभ मंगल सावधान निर्देशक प्रसन्नासँग आमिरले स्पोर्ट्स ड्रामामा काम गर्न लागेका हुन् । उनले स्पोर्ट्सलाई लिएर तयार गरेका फिल्महरु लगान, दंगल लगायतले बक्स अफिसमा रेकर्ड बनाएका छन् ।

आफ्नो स्टारडमलाई छायाँमा पार्न सफल क्यारेक्टरलाई अपनाउने आमिरले नयाँ पुस्ताको लागि फिल्म बनाउन नयाँ पुस्तासँगै काम गर्ने रणनीति अनुसार अगाडि बढिरहेका छन् । फिल्मको स्क्रिप्टको काम भइरहेको बताइएको छ ।

यसविषयमा आमिरले आफ्नो प्रदर्शनको क्रममा रहेको फिल्म ‘लाल सिंह चड्डा’ को रिलिज पश्चात घोषणा गर्ने भारतीय मिडियामा उल्लेख छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : २३ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का