साउथकी सुन्दरी रश्मिकाले कति लिन्छिन् पारिश्रमिक ? | Khabarhub Khabarhub

साउथकी सुन्दरी रश्मिकाले कति लिन्छिन् पारिश्रमिक ?


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय फिल्मकी अभिनेत्री रश्मिका मन्दनाको सुन्दरताको चर्चा सामाजिक सञ्जालमा हुने गरेको छ ।

गुगलबाट ‘नेसनल क्रस’ को उपाधि समेत पाएकी रश्मिकालाई गीता गोविन्दम फिल्मले अगाडि ल्यायो । फिल्मको गीत हिट हुँदा उनको सुन्दरताको पनि उत्तिकै चर्चा भयो । पछिल्लो समय फिल्म ‘पुष्पा’ मा देखिएकी रश्मिकालाई उनी अभिनीत फिल्महरुले साउथ इन्डियाबाट बलिउड हुँदै विश्वभर रहेका भारतीय फिल्म प्रेमी माझ पुर्‍यायो ।

पुष्पामा उनले श्रीवालीको भूमिका निर्वाह गरेकी छन्। दक्षिण भारतीय फिल्मकी लोकप्रिय कलाकार रश्मिकालाई हिन्दी भर्सनको पुष्पाले राम्रै उचाइ दिएको छ। हिन्दी बेल्टका मानिसहरू पनि उनका बारेमा चर्चा गर्न थालेका छन्। पुष्पाबाट अल्लू अर्जुनले मात्र होइन रश्मिकाले पनि राम्रै चर्चा पाएकी छन्। अहिले हिन्दी बेल्टमा रश्मिकाको जीवनशैली, सोख र कमाइका बारेमा पनि चर्चा चल्ने गरेको छ। यिनै रश्मिका एक फिल्मका लागि २ देखि २.५ करोड (भारु) सम्म फिस लिने गर्छिन् । पछिल्लो समय एकपछि अर्को फिल्मले सफलता पाएपछि महँगो पारिश्रमिकमा अभिनय गराउन निर्माता तथा निर्देशक तयार छन् । 

कन्नाडा फिल्म  ‘किरिक पार्टी’ बाट सन् २०१६ मा डेब्यु गरेकी रश्मिकाले छोटो समयमै तमिल फिल्ममा तहल्का मच्चाएकी थिइन् । तेलगुका सबै चर्चित हिरोसँग फिल्म खेलेकी रश्मिकाले सामाजिक सञ्जालमा पोष्ट गर्ने फोटोमा फ्यानहरुको राम्रो प्रतिक्रिया पाउने गरेकी छिन् । 

सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ मार्फत बलिउडमा डेब्यु गर्ने तयारी गरिरहेकी रश्मिकाले त्यसपछि अमिताभ बच्चनसँग ‘गुडबाई’ मा काम गरिसकेकी छिन् भने रनबीर कपूरसँग ‘एनिमल’ मा काम गरिरहेकी छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : २९ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग