बर्दिबासमा कांग्रेसका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिने « Khabarhub

बर्दिबासमा कांग्रेसका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिने


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिकाकाे मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए ।

लामाे समयदेखि चल्दै आएकाे विवादमा कांग्रेसले भने चिरञ्जीवी हमाललाई आधिकारिकता दिँदै मेयरकाे टिकट दिएकाे छ ।

पार्टीकाे निर्णयप्रति असन्तुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेता चिरन्जिवी हमाल

उनीहरू दुवै जना साेमबार बिहान एकै समय मेयरकाे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।

बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीका दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिल्ने भनेपछि उनीहरू फर्किएका थिए ।

सापकोटाले भने, ‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्रचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ ।´

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ३६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा