बर्दिबासमा कांग्रेसका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिने | Khabarhub Khabarhub

बर्दिबासमा कांग्रेसका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिने


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिकाकाे मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए ।

लामाे समयदेखि चल्दै आएकाे विवादमा कांग्रेसले भने चिरञ्जीवी हमाललाई आधिकारिकता दिँदै मेयरकाे टिकट दिएकाे छ ।

पार्टीकाे निर्णयप्रति असन्तुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेता चिरन्जिवी हमाल

उनीहरू दुवै जना साेमबार बिहान एकै समय मेयरकाे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।

बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीका दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिल्ने भनेपछि उनीहरू फर्किएका थिए ।

सापकोटाले भने, ‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्रचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ ।´

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ३६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’