अमेरिकी रक्षामन्त्री भन्छन्, ‘रुस कमजोर भएको देख्न चाहन्छौँ’ « Khabarhub

अमेरिकी रक्षामन्त्री भन्छन्, ‘रुस कमजोर भएको देख्न चाहन्छौँ’


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी रक्षामन्त्री लोयड अष्टिनले अमेरिकाले ‘रुस कमजोर भएको’ देख्न चाहेको बताएका छन् । बीबीसीका अनुसार पत्रकार सम्मेलनका क्रममा रक्षामन्त्री अष्टिनले अमेरिकाले रुस कमजोर भएको देख्न चाहेको बताएका हुन् ।

उनले अमेरिकाले ‘युक्रेनमा आक्रमण गरेजस्तो अरु कुनै पनि गतिविधि गर्न नसक्ने स्तरमा रुस कमजोर भएको’ देख्न चाहेको बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा रक्षामन्त्री अष्टिनले सही सहायता पाएको खण्डमा युक्रेनले जारी युद्ध जित्नसक्ने पनि टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगै युक्रेनको राजधानी किभ पुगेका अष्टिनको भनाइलाई निकै चासोका साथ हेरिएको छ ।

उनीहरुको युक्रेन भ्रमणका क्रममा अमेरिकाले थप सैन्य सहायता उपलब्ध गराउने बाचा गरेको जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ०८ बजे

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध