अमेरिकी रक्षामन्त्री भन्छन्, ‘रुस कमजोर भएको देख्न चाहन्छौँ’ | Khabarhub Khabarhub

अमेरिकी रक्षामन्त्री भन्छन्, ‘रुस कमजोर भएको देख्न चाहन्छौँ’


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी रक्षामन्त्री लोयड अष्टिनले अमेरिकाले ‘रुस कमजोर भएको’ देख्न चाहेको बताएका छन् । बीबीसीका अनुसार पत्रकार सम्मेलनका क्रममा रक्षामन्त्री अष्टिनले अमेरिकाले रुस कमजोर भएको देख्न चाहेको बताएका हुन् ।

उनले अमेरिकाले ‘युक्रेनमा आक्रमण गरेजस्तो अरु कुनै पनि गतिविधि गर्न नसक्ने स्तरमा रुस कमजोर भएको’ देख्न चाहेको बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा रक्षामन्त्री अष्टिनले सही सहायता पाएको खण्डमा युक्रेनले जारी युद्ध जित्नसक्ने पनि टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगै युक्रेनको राजधानी किभ पुगेका अष्टिनको भनाइलाई निकै चासोका साथ हेरिएको छ ।

उनीहरुको युक्रेन भ्रमणका क्रममा अमेरिकाले थप सैन्य सहायता उपलब्ध गराउने बाचा गरेको जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ०८ बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार