मारिउपोलमा रुसको युद्धविराम « Khabarhub

मारिउपोलमा रुसको युद्धविराम


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सो क्षेत्रमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि युद्धविराम घोषणा गरिएको हो ।

रुसी फौज सो क्षेत्रबाट ‘सुरक्षित दूरीसम्म’ पछि हट्ने रक्षा मन्त्रालयले जनाएको छ ।

केही दिनअघि मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल शहरमा आफ्नो फौजले विजय हासिल गरेको दाबी गरेका थिए ।

मारिउपोल शहरको अधिकांश क्षेत्रमा नियन्त्रण स्थापित गरेपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने युक्रेनी फौजले अझै पनि रुसी आक्रमणको प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मारिउपोलमा विजय भएको दाबी गर्ने क्रममा राष्ट्रपति पुटिनले एजोभस्तल क्षेत्रमा आक्रमण गर्नु अनावश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ३४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५