खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी: ‘खल्ती’ मा बैंक लिंक गर्ने सेवा उपलब्ध « Khabarhub

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी: ‘खल्ती’ मा बैंक लिंक गर्ने सेवा उपलब्ध


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीचको साझेदारी भएसँगै ‘खल्ती’ मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ।

यो सेवा सुचारु भए लगत्तै  ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु १०० बोनस प्राप्त गर्ने भएका छन्। साथै एक जना प्रयोगकर्ताले  सामसुङ्ग स्मार्टफोन पनि जित्न सक्ने छन्।

दुबै बोनस र स्मार्टफोन आफ्नो माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने बताइएको छ। बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो के वाई सी भने भेरिफाइ गरेको हुनुपर्ने छ । 

एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यस मार्फत वालेट लोड नगरी केही ट्याप मै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सकिने छ। यस प्रकारका सेवाहरूले समय बचतका साथै भुक्तानी सहज पनि बनाउँछ।

‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्काले भने, “खल्ती डिजिटल वालेटका प्रयोगकर्ताहरूले अब आफ्नो खल्ती खातामा बिना पैसा लोड सिधै बैंक खाता मार्फत भुक्तानीको मज्जा लिन सक्नेछन्। यो सुविधा सबै बैंकका ग्राहकहरूलाई उपलब्ध गराउनेको साथै थप सहज रूपमा डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं।”

भर्खरै स्टार्ट-अप सक्सेस अवार्डबाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको ५औँ वर्षमा पुगेको छ। 

यसले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। हाल, यससँग ३० एजेन्ट नेटवर्कको साथमा देशभर २० लाख प्रयोगकर्ताहरू छन्। 

खल्तीबाट प्रयोगकर्ताहरूले आफ्नो फोन र टिभी टप-अप गर्न, इन्टरनेटको बिल, बीमा प्रिमियम, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल, आन्तरिक उडानको टिकट किन्न, चलचित्रको टिकट बुक गर्न सकिने छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ३७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल