सुर्तीजन्य पदार्थको सेवनबाट प्रतिघण्टा चारजना भन्दा धेरैको मृत्यु, कर बढाउन अपिल | Khabarhub Khabarhub

सुर्तीजन्य पदार्थको सेवनबाट प्रतिघण्टा चारजना भन्दा धेरैको मृत्यु, कर बढाउन अपिल


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा प्रतिघण्टा चार जना भन्दा धेरैले ज्यान गुमाइरहेका छन् ।  नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आज एक अनुसन्धान रिपोर्ट प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो ।

प्रतिष्ठानका अनुसार नेपालमा वर्षेनी करिब ४० अर्ब क्षति भएको दाबी गरिएको छ । सन् २०२० मा मात्र चुरोट सेवनका कारण निम्तिने रोगहरूको उपचारार्थ भएको प्रत्यक्ष र अप्रत्यक्ष खर्च, रोगीहरुको उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्यु समेत जोड्दा ४० अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ ।

यसमा धुवाँरहित सुर्तीजन्य पदार्थको कारणले क्षतिलाई पनि समावेश गर्ने हो भने लागत यो भन्दा वृद्धि हुन्छ । आर्थिक वर्ष २०२०/२१ मा चुरोट र बिँडीबाट संकलन भएको अन्तः शुल्कको राशि भने २०.३९ अर्ब मात्र रहेको रिपोर्ट सार्वजनिक गरिएको छ ।

नेपालमा हुने कुल मृत्युको १९.४१ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्य प्रतिष्ठानले प्रस्तुत गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको ३२ प्रतिशत रहेको र यो निकै उच्च भएको पनि भनिएको छ ।  सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या दिनानुदिन बढ्दै गएको भन्दै यसलाई रोक्न यस्ता उत्पादनमा कर वृद्धि गर्नुपर्ने माग प्रतिष्ठानले गरेको छ ।

 नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर विश्व स्वास्थ्य संगठनको मापदण्ड ७५ प्रतिशत भन्दा निकै कम ३८ प्रतिशत मात्रै रहेकाले आगामी बजेटमा कर वृद्धि गर्न प्रतिष्ठानले अपिल गरेको छ ।

नेपाल सुर्तीजन्य पदार्थबाट हुने मृत्युको सबैभन्दा धेरै अनुपात भएका विश्वका शीर्ष १५ प्रतिशत देशहरूमा पर्ने र २०४ देशमध्ये २९औं स्थानमा रहेको छ ।  सुर्तीजन्य पदार्थमा कम नेपालले लगाएको कर दक्षिण एसियाली मुलुककै सबैभन्दा कम रहेको अनुसन्धानको रिपोर्टले भनेको छ । भारतमा ५७.६ प्रतिशत र श्रीलंकामा ७७ प्रतिशतभन्दा बढी रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ४६ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका