पाकिस्तान र तालिबानको सम्बन्धमा तिक्तता « Khabarhub

पाकिस्तान र तालिबानको सम्बन्धमा तिक्तता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले हवाई आक्रमण गरेपछि अफगानिस्तानमा शासन चलाइरहेको तालिबान र पाकिस्तानबीचको सम्बन्धमा तिक्तता आएको छ ।

केही दिनअघि पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो । पछिल्लो समय दुई मुलुकबीच अविश्वास बढ्दै जाँदा पछिल्लो समय यिनीहरु आलोचना र आक्रामक वक्तव्यबाजीमै उत्रिन थालेको विश्लेषकहरुले जनाएका छन् ।

काबुलमा हवाई आक्रमण गरेपछि अफगानिस्तान र विश्वभर पाकिस्तानको विरोधमा प्रदर्शनहरू आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानी हमलाबाट आक्रोशित अफगानिस्तानले ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ । यता पाकिस्तानले पनि अफगानिस्तानमा तालिबानले आतंककारीहरुलाई आश्रय दिएको आरोप लगाएको छ ।

यसअघि गत सेप्टेम्बर महिनामा तालिबानले पाकिस्तानको विरोधमा प्रदर्शनरत आफ्ना नागरिकमाथि गोली चलाएको थियो । त्यसबेला उनले तालिबानका प्रवक्ता सुहेल सहिनले पाकिस्तानसँगको सम्बन्ध ‘अत्यन्त महत्वपूर्ण’ रहेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : १४ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका