साउदी अरेबियामा ‘डक्टर स्ट्रेन्ज’ लाई  प्रतिबन्ध | Khabarhub Khabarhub

साउदी अरेबियामा ‘डक्टर स्ट्रेन्ज’ लाई  प्रतिबन्ध


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-इनमल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ । 

मार्भलको पछिल्लो फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यद्यपि रिलिजको अन्तिम तयारीमा रहेको यो फिल्म विवादमा समेत फसेको छ । साउदी अरेबियासहित अरबका अन्य देशहरुमा रिलिज गर्न लागिएको फिल्ममा समलिङ्गी पात्रको उपस्थिति रहेको भन्दै प्रतिबन्ध लगाइएको छ ।

निर्माता कम्पनी मार्भलकै अघिल्लो फिल्म ‘द इटर्नल्स’ लाई रोक लगाइएको प्रावधानलाई पछ्याउँदै साउदीले सोही ब्यानरको अर्को फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मार्भल सिनेम्याटिक युनिभर्सको पहिलो समलिङ्गी सुपरहिरो ‘द इटर्नल्स’ पनि समलिङ्गी रोमान्स भएका कारण साउदी अरेबियामा प्रतिबन्ध लगाइएको थियो । सामान्यतः खाडी मुलुकमा समलैंगिकता सम्बन्धी विषयमा बनेका फिल्मको सेन्सर पास हुँदैन । 

‘डक्टर स्ट्रेन्ज-इनमल्टिभर्स अफ म्याडनेस’ मा अमेरिका चाभेजलाई लेस्बियन किशोरीको रुपमा चित्रण गरिएको छ । यही कारण दर्शाउँदै साउदी सेन्सरले फिल्म प्रदर्शनको अनुमति नदिएको हो ।

सामुएल मार्शल रैमी निर्देशित ‘डक्टर स्ट्रेन्ज-इनमल्टिभर्स अफ म्याडनेस’ बेनेडिक्ट कुम्बरब्याचसँगै चिवेटोल इजोफोर, बेनेडिक्ट वङ लगायतको मुख्य भूमिका छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ३४ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको