उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता उल्लंघन « Khabarhub

उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता उल्लंघन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा– उम्मेदवारी मनोनयनको क्रममा झापामा आचारसंहिताको व्यापक उल्लंघन भएको छ ।

ठूला राजनीतिक दलले आचारसंहिता प्रतिकुल हुने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीराम नेपालका अनुसार सवारी साधनमा झण्डा राख्न, प्रचारका लागि जिङ्गल बजाउन पाइँदैन । तर, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस) सहितको गठबन्धन, नेकपा एमाले र राप्रपाले आचारसंहिताको धज्जी उडाउँदै गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका छन् । उनीहरुले प्रत्येक गाडी तथा मोटरसाइकलमा झण्डा राखेका छन् ।

यस्तै, सवारी साधनमा साउन्ड सिस्टम राखेर प्रचारमूलक जिङ्गल पनि बजाउँदै मनोनयनका लागि निर्वाचन कार्यालयसम्म पुगेका छन् । ठूला दलका उम्मेदवारहरु बाजागाजासहित दलको पक्षमा नारा लगाएर निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ५५ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को