उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता उल्लंघन « Khabarhub

उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता उल्लंघन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा– उम्मेदवारी मनोनयनको क्रममा झापामा आचारसंहिताको व्यापक उल्लंघन भएको छ ।

ठूला राजनीतिक दलले आचारसंहिता प्रतिकुल हुने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीराम नेपालका अनुसार सवारी साधनमा झण्डा राख्न, प्रचारका लागि जिङ्गल बजाउन पाइँदैन । तर, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस) सहितको गठबन्धन, नेकपा एमाले र राप्रपाले आचारसंहिताको धज्जी उडाउँदै गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका छन् । उनीहरुले प्रत्येक गाडी तथा मोटरसाइकलमा झण्डा राखेका छन् ।

यस्तै, सवारी साधनमा साउन्ड सिस्टम राखेर प्रचारमूलक जिङ्गल पनि बजाउँदै मनोनयनका लागि निर्वाचन कार्यालयसम्म पुगेका छन् । ठूला दलका उम्मेदवारहरु बाजागाजासहित दलको पक्षमा नारा लगाएर निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ५५ बजे

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०