इरानद्वारा अफगानिस्तानमा समावेशी सरकार स्थापनाका लागि आह्वान « Khabarhub

इरानद्वारा अफगानिस्तानमा समावेशी सरकार स्थापनाका लागि आह्वान


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले अफगानिस्तानमा समावेशी सरकारका लागि आह्वान गरेको छ ।

इरानका विदेश मामिलामन्त्री होसेइन अमिर अब्दालाहियानले पूर्वी छिमेकी मुलुक अफगानिस्तानमा समावेशी सरकारका लागि आह्वान गरेको अफगानिस्तानको टेलिभिजन च्यानल टोलोले जनाएको छ ।

अफगानिस्तानमा हिंसात्मक समूहको सिकार हुँदै आएका शिया सम्प्रदायका हजाराहरु प्रति शिया मुलुक इरान बढि केन्द्रित रहने बताइन्छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता हजाररा हरुलाई लक्षित गरी आक्रमणहरू हुँदै आएका छन् ।

मुलुकमा लडाइँ अन्त्य भएपनि हिंसात्मक गतिविधि भने नघटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि अल्पसंख्यकहरुको सुरक्षाका विषयमा तालिबानले उदासिनता देखाएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको