इलामको सन्दकपुरमा एमालेका जिल्ला सचिव नै बागी « Khabarhub

इलामको सन्दकपुरमा एमालेका जिल्ला सचिव नै बागी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराएका हुन् । सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको छ ।

राईले सोमबार मनोनयन दर्ता गराएका छन् । गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

गुरुङले सोमबार नै जिल्ला कमिटीको सचिवबाट राजीनामा दिएका छन् । गुरुङले एमालेको जिल्ला अधिवेशनमा प्रकाश अधिकारीलाई पराजित गर्दै सचिव निर्वाचित भएका थिए ।

सन्दकपुर गाउँपालिकामा वडाअध्यक्षमा समेत बागी परेको छ । योगेन्द्र राउतले बागी उम्मेदवार दर्ता गराएका छन् । त्यहाँ एमालेले निरोज राउतलाई वडाअध्यक्षको टिकट दिएको थियो । इलाम नगरपालिका ९ का शेरबहादुर खड्काले बागी दिएका छन् । त्यहाँ ललित चौहान एमाले आधिकारिक उम्मेदवार हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ५६ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका