उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् : घिमिरे « Khabarhub

उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् : घिमिरे


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस हेटौंडाका नेता रविन्द्र घिमिरेले पार्टी नेतृत्वले आफूलाई अपहेलित गरेको आरोप लगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बाट उनलाई उम्मेदवार बनाउने भएको थियो ।

आइतबार बेलुका नै पार्टी सभापति बुद्ध लामाले संघीय सभापतिलाई सोधेर सचिव भीमसेन महतको हस्ताक्षरमा पार्टीका नेताहरूको रोहवरमा टिकट दिएको उनको भनाइ छ ।  ‘गठबन्धनका सबै पार्टीका नेतालाई मिलाएर जाउ समेत भनिएको थियो, उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् ।’  उनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दैै भने । एउटै वडामा दुईजनालाई वडा अध्यक्ष पदको टिकट दिनेलाई कारबाही हुनुपर्ने उनले माग गरेका छन् ।

उनले आफ्नो वडामा आफूसहित विष्णुगोपाल महर्जनलाई टिकट दिइएको भन्दै असन्तुष्टि जनाए । ‘मलाई घरमा बोलाएर खुसुक्क टिकट दिइएको पनि होइन ।

पार्टीको बागमती प्रदेशको छाप र महामन्त्री कन्चनचन्द्र वादेको हस्ताक्षर छ’, घिमिलेरे भने । उनले टिकट वितरणमा गल्ती गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् । पार्टीको आधिकारिक उम्मेदवार भन्दा आफूले एकमत भएपनि बढी ल्याएर देखाउने उनको दाबी थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ३२ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको