उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् : घिमिरे | Khabarhub Khabarhub

उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् : घिमिरे


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस हेटौंडाका नेता रविन्द्र घिमिरेले पार्टी नेतृत्वले आफूलाई अपहेलित गरेको आरोप लगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बाट उनलाई उम्मेदवार बनाउने भएको थियो ।

आइतबार बेलुका नै पार्टी सभापति बुद्ध लामाले संघीय सभापतिलाई सोधेर सचिव भीमसेन महतको हस्ताक्षरमा पार्टीका नेताहरूको रोहवरमा टिकट दिएको उनको भनाइ छ ।  ‘गठबन्धनका सबै पार्टीका नेतालाई मिलाएर जाउ समेत भनिएको थियो, उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् ।’  उनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दैै भने । एउटै वडामा दुईजनालाई वडा अध्यक्ष पदको टिकट दिनेलाई कारबाही हुनुपर्ने उनले माग गरेका छन् ।

उनले आफ्नो वडामा आफूसहित विष्णुगोपाल महर्जनलाई टिकट दिइएको भन्दै असन्तुष्टि जनाए । ‘मलाई घरमा बोलाएर खुसुक्क टिकट दिइएको पनि होइन ।

पार्टीको बागमती प्रदेशको छाप र महामन्त्री कन्चनचन्द्र वादेको हस्ताक्षर छ’, घिमिलेरे भने । उनले टिकट वितरणमा गल्ती गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् । पार्टीको आधिकारिक उम्मेदवार भन्दा आफूले एकमत भएपनि बढी ल्याएर देखाउने उनको दाबी थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ३२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’