फुटबल टिमको कप्तानीमा किरणको विकल्प नवयुग | Khabarhub Khabarhub

फुटबल टिमको कप्तानीमा किरणको विकल्प नवयुग


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ।

निवर्तमान कप्तान किरण चेम्जोङलाई टिममा समावेश नगरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लामो समयदेखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको हो।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि कतार जान लागेको नेपाली टिमलाई विदा दिन मंगलबार आयोजित कार्यक्रममा नवयुगलाई कप्तान घोषणा गरिएको थियो।

राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकबीचको विवादपछि खेलाडीको समर्थनमा देखिएका किरणलाई कुनै खबर नगरी राष्ट्रिय टिममा समावेश गरिएको थिएन। नवयुगलाई टिम कप्तान नियुक्त गरिएको एन्फा अध्यक्ष शेर्पाले बताए।

हाल नियमित टोलीका १० खेलाडी टिम बाहिर छन्।

नेपाली टिमः
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा

रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी

फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ (कप्तान)

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ६ : २२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने