पोखरामा मेयरमा २० हजार, उपमेयरमा १९ हजार मत बदर « Khabarhub

पोखरामा मेयरमा २० हजार, उपमेयरमा १९ हजार मत बदर


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएका छन् । मेयरमा आचार्यले ६ हजार ४५ मतान्तरले एमालेका कृष्ण थापालाई हराउँदा उपमेयरमा गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले कांग्रेसकी कोपीला रानाभाटलाई पराजित गरिन् ।

वडाध्यक्षमा कांग्रेसले बहुमत पाएको छ भने नगरसभा सदस्यमा एमालेको बहुमत छ । ३३ वडा रहेको यहाँ २३ जना कांग्रेस र १ जना स्वतन्त्र गरी गठबन्धनले २४ अध्यक्ष जितेको छ । एमालेले भने ९ वडा मात्रै जित्यो । नगरसभा सदस्यमा भने उपमेयरसहित एमालेले ८७ र गठबन्धनले मेयर सहित ८० सिट जितेको छ ।

पोखराको चुनावमा यसपालि अत्यधिक मत बदर भएको भेटिएको छ । १ लाख ४३ हजार १ सय १० मत गणना हुँदा पूर्ण बदर खासै धेरै नभए पनि मेयर र उपमेयरमा भने अधिक मत बदर देखिएको छ । मेयरमा २० हजार ३३२ र उपमेयरमा १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो अनुपात हिसाब गर्दा मेयरमा १४.२० र उपमेयरमा १३.३४ प्रतिशत मत बदर भएको देखिन्छ, जुन पोखराको इतिहासमै सबैभन्दा धेरै बदर हो । दुई तिहाइ वडामा अध्यक्ष कांग्रेसले जित्दै गर्दा उपमेयर भने निकै फराकिलो अन्तरले कांग्रेसकै उम्मेदवार पराजित  भएकी छन् । बहुमत नगर सदस्य र लोकप्रिय मतका साथ उपमेयर विजयी हुँदै गर्दा मेयरमा एमाले उम्मेदवार झन् बढी फराकिलो मत अन्तरले चुनाव हारेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ८ : ५५ बजे

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा

मध्यपूर्वको बाछिटाबाट जोगिन नेपालले के गर्नुपर्छ ?

फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरानबीच सुरु भएको सैन्य

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई)