आगामी दिनमा विद्यार्थीमाथि दुर्व्यवहार हुन दिन्नौँ : सेन्ट लरेन्स कलेज « Khabarhub

आगामी दिनमा विद्यार्थीमाथि दुर्व्यवहार हुन दिन्नौँ : सेन्ट लरेन्स कलेज


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चावहिलस्थित सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थीमाथि कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने प्रतिवद्धता जनाएको छ।

विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले मंगलबार प्रेस विज्ञप्ती निकालेर यसअघि कक्षा ११मा अध्ययनरत छात्रामाथि भएको दुर्व्यवहारप्रति आफ्नो र कलेजको ध्यानाकर्षण भएको जनाउँदै पीडितले न्याय पाउनेमा विश्वस्त रहेको जनाएका छन् ।

विद्यार्थीमाथि दुर्व्यवहार भएको औपचारिक जानकारी पाए लगत्तै पीडित छात्रासँग ६ गते शुक्रबार जानकारी लिएको र त्यसपछि ९ गते सोमबार अभिभावकसमेतलाई राखेर छलफल गरेको तथा त्यसलगत्तै सोमबार नै आरोपित शिक्षकलाई बर्खास्त गर्ने निर्णय भएको भएको विज्ञप्तिमा उल्लेख छ ।

पीडित छात्राहरुको तर्फबाट महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दर्ता भएपछि हाल अनुसन्धान भइरहेको छ। यस घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन तत्पर रहेको जनाइएको छ ।

साथै दोषीउपर कडा कारबाहीको लागि अनुसन्धान प्रक्रियामा सहयोग गरी दिनु हुन कलेजका सम्पूर्ण विद्यार्थी तथा अभिभावकलगायत सम्बन्धित सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : १२ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि