भारतमा महिलाले १० लाखको हिरा फेला पारेपछि… « Khabarhub

भारतमा महिलाले १० लाखको हिरा फेला पारेपछि…


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- भारतको मध्यप्रदेश राज्यस्थित पन्ना जिल्लाको एउटा गाउँकी महिलाले खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन् ।

भारतीय समाचार सञ्जाल न्युज १८ का अनुसार इट्वाकाला गाउँमा बसोबास गर्दै आएका महिला र उनका श्रीमानले हिराको लिलामीबाट राम्रो मूल्य पाएमा पन्ना सहरमा घर किन्न चाहेको बताएका छन् । उनी पेसाले किसान हुन् । 

जिल्लाको कृष्ण कल्याणपुर पाटी क्षेत्रमा भाडामा लिएको खानीमा गृहिणी चमेली बाईले २ दशमलब शून्य ८ क्यारेटको हिरा  फेला पारेको पन्नाको हीरा कार्यालयका अधिकारी अनुपम सिंहले बताए ।

ती महिलाले मंगलबार हिरा कार्यालयमा सो बहुमूल्य ढुंगा डिपोजिट गरेको अधिकारीले बताए । सरकारी राजश्व र अन्य रोयल्टी काटेपछि उक्त हिरा फिर्ता दिइने जनाइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : ०० बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत