उदयपुरको कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित « Khabarhub

उदयपुरको कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ  निर्वाचित भएका छन । सम्पन्न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।  

उनका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत प्राप्त गरेका छन् । निर्वाचित श्रेष्ठले ४६५ मतान्तरले बराललाई पराजित गरेका हुन् ।

नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत पाएका थिए भने नगर प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण थापाले २ हजार १५४ मत प्राप्त गरेका थिए । 

नगर उपप्रमुखमा नेकपा एमालेकी गीता खड्का निर्वाचित भएकी छिन् । उनले ६ हजार ४१३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका हृदय बहादुर तामाङले ३ हजार ७२३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार नगर उपप्रमुख कृष्णबहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गरेका छन् । 

१४ वडा रहेको कटारी नगरपालिकामा ७ वटा वडा नेकपा एमाले निर्वाचित भएको छ भने ३ वडामा नेपाली कांग्रेस निर्वाचित भएको छ । एकीकृत समाजवादी १, माओवादी केन्द्र १ र स्वतन्त्रमा २ वडा अध्यक्ष निर्वाचित भएको छ ।

कटारी नगरपालिका-१ मा एमालेका पदमलाल मगर, २ मा कांग्रेसका प्रेमबहादुर क्षेत्री, ३ मा कांग्रेसका पुष्कर खड्का, ४ मा स्वतन्त्र भुपेन्द्रसिंह तामाङ, ५ मा एमालेका मोहनकुमार तामाङ, ६ मा एमालेका प्रेमबहादुर मगर, ७ मा कांग्रेसका सुविन ढुंगाना, ८ मा स्वतन्त्र नविनकुमार तामाङ, ९ मा एकीकृत समाजवादीका बेद बहादुर आले मगर, १० मा एमालेका क्षेत्रबहादुर खड्का, ११ मा एमालेका अनन्त हायु, १२ मा माओवादी केन्द्रका यम्बर बहादुर कटुवाल, १३ मा एमालेका शम्भु श्रेष्ठ र १४ नम्बर वडामा नेकपा एमालेका अम्बरबहादुर मगर निर्वाचित भएका छन् । 

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : ५१ बजे

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित