कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौँ : महामन्त्री थापा  « Khabarhub

कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौँ : महामन्त्री थापा 


११ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।

बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन्।

उनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दाबी गरे। यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको उनले बताए। यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिलेको परिणाम आएको थापाको भनाइ छ ।

महामन्त्री थापाले अब मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने तर्क गरे। त्यस्तै उनले अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिने बताए।

थापाले  स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको