पृथ्वी सुब्बाविरुद्ध कार्यकर्ताको नाराबाजी- अन्तरघाती होसियार ! « Khabarhub

पृथ्वी सुब्बाविरुद्ध कार्यकर्ताको नाराबाजी- अन्तरघाती होसियार !


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकामा उपमेयर सहित ९ वडाध्यक्ष चुनाव जितेको एमालेले बुधबार विजयी र्‍याली निकाल्यो । र्‍यालीअघि शहिदचोकमा शीर्ष नेताहरुको सम्बोधन थियो । वक्ता थिए, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी । अधिकारीले भाषण गरेर निस्किए । अनि भाषण गर्न आइपुगेका पृथ्वीसुब्बालाई भने कार्यर्ताले नाराबाजी गर्दै बिरोध जनाए ।

‘अन्तरघाती मुर्दावाद, अन्तरघाती होसियार,’ उनीहरुको नारा थियो, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर् ।’ उनीहरुलाई पोखरामा मेयर चुनाव हार्नुमा प्रमुख कारण पृथ्वीसुब्बा गुट भन्ने लागेको छ । केही समयअघि सोही गुटका केही नेताहरुको अडियो सार्वजिक भएको थियो । त्यसपछि घटना झनै रोचक बन्यो ।

अहिले कास्कीमा गुरुङ र अधिकारी गुटको टकराव छताछुल्ल भएको छ । यसअघि टिकटको समयमै दुई गुटबीच निकै अस्वस्थ प्रतिश्पर्धा भयो । पिएस गुटबाट टिकट पाएका दीपक पौडेललाई पूरानो सुन चोरीको भिडियो सामाजिक सन्जालमा पोष्ट गरेर अधिकारी गुटकै नेताहरुले टिकट खोसेको आरोप लगाइएको छ ।

पछि अधिकारी गुटका कृष्ण थापाले टिकट पाए । तर चुनाव जित्न पाएनन् । प्रमुख कारणः एमालेभित्रको अन्तर्घातलाई मानिएको छ

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : १९ बजे

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२