सरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहित « Khabarhub

सरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहित


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमबाट गैरआवासीय नेपाली संघ उत्साहित भएको छ ।

संघको तर्फबाट अध्यक्ष कुल आचार्यले विज्ञप्ति मार्फत गैरआवासीय नेपाली संघले उठाउंदै आएका विषयहरु समावेश भएकोमा संघले खुशी व्यक्त गरेको हो ।

विज्ञप्तिमा नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास हामीले लिएका छौं। साथै नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसंग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैं तत्पर रहेको पनि दोहोर्याउन चाहन्छौं उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रेस विज्ञप्ति

नेपालका सम्माननीय राष्ट्रपति विद्धा देवी भण्डारीले हिजो मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली संघले उठाउँदै आएका विषयहरु समावेश भएकोमा हामी उत्साहित भएका छौं ।

खास गरी संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुराउने नेपाल सरकारको प्रतिबद्धताको हामी स्वागत गर्दछौं। यसबाट लामो समयदेखि थाती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने हामीले विश्वास लिएका छौं। संसद्को चालु बजेट अधिवेशनबाटै नागरिकता विधेयक पारित गरी गैरआवासीय नेपाली नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पुराउन हामी नेपाल सरकार तथा सबै राजनीतिक दलहरुलाई आग्रह गर्दछौं। हामीले हालै प्रधानमंत्री कार्यालयमा सरकारको नीति तथा कार्यक्रममा समेट्न दिएको ८ बुंदे सुझाव मध्ये धेरै सुझावहरु समेटिएकोमा हामी नेपाल सरकार प्रति आभार प्रकट गर्दछौं ।

नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने, कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गर्ने तथा गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने जस्ता विषय उल्लेख गरिएका छन्। यस्तै, सरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रमको अन्त्यमा नेपालको विकासमा सहयोग पु-याउने छिमेकी लगायत सबै मित्रराष्ट्रहरु, विकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिइएको छ।

यो नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम पूर्ण हुने आशा र विश्वास हामीले लिएका छौं। साथै नेपाल र नेपालीको हितका लागि नेपाल सरकारसंग हातेमालो गर्न गैरआवासीय नेपाली समुदाय सधैं तत्पर रहेको पनि दोहोर्याउन चाहन्छौं ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : ५० बजे

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२