कतारमा २ सय नेपालीको स्वास्थ्य परीक्षण  « Khabarhub

कतारमा २ सय नेपालीको स्वास्थ्य परीक्षण 


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा २ सय बढीको नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आयोजना गरेको कार्यक्रममा २ सय बढीको नेपालीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिए ।

यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको लागि लक्षित गरी शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम एसियन मेडिकल सेन्टर वकरामा बिहान ८ देखि सुरु भएर दिनको २ बजेसम्म सञ्चालन भएको थियो ।

स्वास्थ्य परीक्षणमा १५ जना विशेषज्ञ डाक्टरसहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, बिएमआइ (उचाइ र तौलको अनुपात) लगायतका स्वास्थ्य सेवा रहेको प्रवक्ता क्षत्रीले बताए ।

स्वास्थ्य परीक्षण कार्यक्रममा एनआरएनए आइसिसीका पदाधिकारीहरू सहित नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल, लेबर कन्सुलर कृष्ण खनाल,दूतावासका द्वितीय सचिव प्रवीण भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

एनआरएनए कतारले यहाँ कार्यरत नेपाली कामदारहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न समयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै श्रमिक सचेतना ,महिला स्वास्थ्य समस्या सम्बन्धी सचेतना र रेमिटेन्स तथा बैकिङ्ग साक्षरता सम्बन्धी अभिमुखीकरण लगायतका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : ३२ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो