एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै  | Khabarhub Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै 


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।

मन्त्री फेर्ने विषयले पार्टीमा आन्तरिक विवाद चर्किएका बेला केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे बैठक सुरु हुनेछ । शुक्रबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिसकेको छ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी रणनीति, वर्तमान सङ्गठनात्मक अवस्थालगायतका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा भएको संगठन विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तर्क्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे बैठकमा समीक्षा हुनेछ ।

पछिल्लो समय सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र नयाँलाई पठाउने निर्णयपछि एकीकृत समाजवादीमा किचलो बढ्दै गएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : २४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका