‘कृष्ण-लीला’ गीतमा हिमाली सुन्दरता (भिडियो) « Khabarhub

‘कृष्ण-लीला’ गीतमा हिमाली सुन्दरता (भिडियो)


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार फिल्म ‘कृष्ण-लीला’ मा समावेश नयाँ गीत ‘ए मेरो हजुर’ सार्वजनिक गरियो । सार्वजनिक गीतमा रवि ओड र सुनीता कार्कीको स्वर,डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ । उत्सव दाहालको छायांकन र माइकल चन्दको कोरियाग्राफी रहेको गीतले नेपालको हिमाली सौन्दर्यतालाई समेटेको छ । गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो । 

No description available.पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनीत गीतले नेपालको हिमाली भेगको सुन्दरतालाई देखाउन कुनै कसर बाँकी छाडेको छैन । गीत सार्वजनिक गर्दै अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले अत्यन्तै मिहिनेत गरेको स्मरण गर्दै ‘ए मेरो हजुर’ पनि दर्शकले अधिक मन पराउने विश्वास व्यक्त गरे । ‘फिल्म तथा गीतका लागि मिहीनेत गर्न कत्ति पनि कन्जुस्याँइ गरेका छैनौ,’ उनले भने, ‘हाइ अल्टिच्युडमा समेत हामीले ज्यानको पर्वाह नगरी काम गर्यौ । अहिले पर्दामा हेर्दा त्यतिबेला गरेको दुःख सबै बिर्सिएको छु ।’ उनले आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए ।

No description available.गीतमा फिचर्ड श्रद्धाले डेब्यु फिल्म भएकाले आफू उत्साहित भएको प्रतिक्रिया दिइन् । उनले आफू अभिनयमै करिअर बनाउने योजनाका साथ आएकाले ‘कृष्ण–लीला’ हेरेर आफ्नो कामको प्रतिक्रिया दिनुहुन सबैमा अनुरोध गरिन् । ‘हिमाली भेगमा चिसोको वास्ता नगर्दै हामीले गरेको मेहनतले अहिले पर्दामा हेर्दा आनन्द महसुस गराएको छ’ उनले भनिन् । 

No description available.निर्देशक दीपक वलीले आफूले मनोरञ्जनक फिल्म निर्माण गरेको बताए । उनले ‘कृष्ण लीला’ को यसअघिको ‘त्यो कथामा एउटा राजा एउटी रानी।।’ र ‘डिएर बन्न मन छ मलाई।।’ श्रोता दर्शकले अत्याधिक मन पराएकोमा धन्यवाद व्यक्त गर्दै फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने फिल्ममा पुष्प,श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बालकलाकार आयुष गुरागाइँ मुख्य भूमिकामा छन् । फिल्मलाई निर्देशक समेत रहेका रंग पत्रकार लक्ष्मण सुवेदीले लेखेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : २८ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन