भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव « Khabarhub

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय खेल भलिबलको पूर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन् । बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरूले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन् ।

लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले सरकारका संरचनाहरू संघीयतामा अघि बढ्दै गर्दा खेलकुद संघीय संरचनामा जान नसक्नु दुःखद भएको बताए । संघीय सरकारको मातहतमा रहेका संरचनामा रहँदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनको भनाइ छ । नीतिगत रुपमा ऐन संशोधन गरेर संघीय संरचनामा पुनःसंरचना गर्न जरुरी रहेको उनले बताए । भलिबललाई प्राथमिकता राख्दै प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरू आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनले बताए ।

साबिक मध्यपश्चिमाञ्चल भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले खेलमा राजनीतिको प्रभाव देखिन नहुने भन्दै व्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई व्यवसायिक बनाउँदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनीहरूले सुझाव दिए ।

कार्यक्रममा सचिव भीम वलीले प्रदेश संरचना नयाँ हुँदा केही कठिनाइ देखिएको बताए । यसलाई सुधार गर्दै अघि बढ्ने उनले बताए । प्रदेश परिषद् अन्तर्गत रहेर जिल्ला र खेल सम्बन्ध संघ संस्थाहरूलाई समेट्ने गरी अघि बढेको बताए । लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भैसकेको उनले बताए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ५ : २० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण