सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित « Khabarhub

सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९/८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११औँ नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आव २०७–८० को आय–व्यय प्रस्तुत गरेको बजेट सभाले पारित गरेकी हुन् ।

नगरपालिकाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम सञ्चालन गर्न रु २६ करोड ६७ लाख ८४ हजार, चालु खर्चतर्फ रु २५ करोड २५ लाख र पूँजीगततर्फ रु ९९ करोड ४३ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

नपाले आन्तरिक राजस्व परिचालनबाट रु २२ करोड २८ लाख ७५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु ३५ करोड, चालु आर्थिक वर्षको राजस्व बचतबाट रु २५ करोड, सङ्घ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २५ करोड पाँच लाख १३ हजार, सङ्घ र प्रदेशबाट प्राप्त सशर्त अनुदान रु ४२ करोड ६७ लाख ८४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान रु ७५ लाख, सङ्घ तथा प्रदेशको राजस्व बाँडफाँटबाट रु १५ करोड ४२ लाख पाँच हजार, समपूरक योजना कार्यान्वयनका लागि जिल्ला समन्वय समिति र प्रदेशबाट रु पाँच करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट रु १६ करोड, सडक बोर्डबाट रु एक करोड र नगद लागत सहभागिताबाट रु चार करोड प्राप्त हुने अनुमान गरेको छ ।

बजेटमा स्वास्थ्यतर्फ नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु सात करोड ५५ लाख र सशर्ततर्फ रु चार करोड ७६ लाख आठ हजार गरी कूल रु १२ करोड ३१ लाख आठ हजार विनियोजन गरिएको छ । साथै सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न नगरपालिका क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री एवं उपकरणको समुचित प्रबन्धका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । जगातीस्थित सूर्यविनायक नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : ३३ बजे

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको