सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित « Khabarhub

सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९/८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११औँ नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आव २०७–८० को आय–व्यय प्रस्तुत गरेको बजेट सभाले पारित गरेकी हुन् ।

नगरपालिकाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम सञ्चालन गर्न रु २६ करोड ६७ लाख ८४ हजार, चालु खर्चतर्फ रु २५ करोड २५ लाख र पूँजीगततर्फ रु ९९ करोड ४३ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

नपाले आन्तरिक राजस्व परिचालनबाट रु २२ करोड २८ लाख ७५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु ३५ करोड, चालु आर्थिक वर्षको राजस्व बचतबाट रु २५ करोड, सङ्घ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २५ करोड पाँच लाख १३ हजार, सङ्घ र प्रदेशबाट प्राप्त सशर्त अनुदान रु ४२ करोड ६७ लाख ८४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान रु ७५ लाख, सङ्घ तथा प्रदेशको राजस्व बाँडफाँटबाट रु १५ करोड ४२ लाख पाँच हजार, समपूरक योजना कार्यान्वयनका लागि जिल्ला समन्वय समिति र प्रदेशबाट रु पाँच करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट रु १६ करोड, सडक बोर्डबाट रु एक करोड र नगद लागत सहभागिताबाट रु चार करोड प्राप्त हुने अनुमान गरेको छ ।

बजेटमा स्वास्थ्यतर्फ नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु सात करोड ५५ लाख र सशर्ततर्फ रु चार करोड ७६ लाख आठ हजार गरी कूल रु १२ करोड ३१ लाख आठ हजार विनियोजन गरिएको छ । साथै सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न नगरपालिका क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री एवं उपकरणको समुचित प्रबन्धका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । जगातीस्थित सूर्यविनायक नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : ३३ बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर