निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्ने प्रचण्डको प्रस्ताव « Khabarhub

निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्ने प्रचण्डको प्रस्ताव


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका छन्।

नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका हुन्।

‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गार्‍हो छ’, प्रचण्डले भने, ‘एउटा गाउँपालिकाको अध्यक्ष बन्न १० करोड खर्च गरेको सुनिएको छ । गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५०औँ करोड खर्च गर्नुपर्ने भयो । यस्तो निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भड्खालोमा लैजान्छ ।’

प्रत्यक्ष र समानुपातिक गरी हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको तर्क गरेका प्रचण्डले ‘चुनाव जित्ने बित्तिकै असुलीमा लाग्ने’ भएकाले भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ११ : २८ बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था