तीन खर्ब २० अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात | Khabarhub Khabarhub

 तीन खर्ब २० अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले  एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो । 

 ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन-चाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : २९ बजे

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न गृहमन्त्री अर्यालको कर्मचारीलाई निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि

अमेरिकाद्वारा बी-६१-१२ आणविक बमको सफल उडान परीक्षण सम्पन्न

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको

चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा

काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील