नोभेम्बरमा रिलिज हुँदै ‘उचाई’ « Khabarhub

नोभेम्बरमा रिलिज हुँदै ‘उचाई’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँदेखि सगरमाथाको फेद नाम्चेसम्म सुटिङ गरिएको बलिउड फिल्म ‘उचाई’ नोभेम्बर ११ मा हलमा रिलिज हुने भएको छ । बलिउडसँगै नेपालका पनि थुप्रै कलाकारले अभिनय गरेको फिल्मलाई सुरज बाडजात्याले निर्देशन गरेका हुन् । राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको नेपालमा महिना दिनको हाराहारीमा सुटिङ गरिएको थियो । 

नेपाली प्रेमिका भेट्न भारतबाट नेपालको यात्रा गर्ने चार साथीको कथामा बनेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, वोमन इरानी, डेनी डेङ्जोपा र सारिका हुसेनको मुख्य भूमिका रहेको छ । सारिकाले नेपाली युवतीको भूमिका निर्वाह गरेकी हुन् जसलाई भेट्न अमिताभ बच्चन, वोमन इरानी, अनुपम खेर र डेनीले नेपालको यात्रा गर्छन् ।

नेपालमा हुने सुटिङका लागि अनुपम खेर र वोमन इरानी आएका भए पनि अमिताभ बच्चन र डेनीले मुम्बईमा नै निर्माण गरिएको सेटमा अभिनय गरेका थिए । उनीहरूको काम डुप्लिकेट राखेर पूरा गरिएको थियो । फिल्ममा परिनीति चोपडा र नीना गुप्ताको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : ५३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका