राष्ट्र बैंकको सर्वेक्षण : ३ महिना मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने    « Khabarhub

राष्ट्र बैंकको सर्वेक्षण : ३ महिना मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने   


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ ।

‘९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले अगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्,’ राष्ट्र बैंकले सर्वेक्षण संक्षिप्त विवरणमा भनेको छ, ‘आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ ।’

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

सर्वेक्षण २०७९ असार २० देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणको नतिजा १ हजार १४१ सहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

‘गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत २०७८ को तुलनामा बढेको छ,’ राष्ट्र बैंकले भनेको छ ।

तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत २०७८ को तुलनामा घटेको छ ।

तीन महिना पछिको मध्य अपेक्षित मूल्यवृद्धिको प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक  वर्षपछिको मध्य अपेक्षित मूल्यवृद्धि चैत २०७८ को तुलनामा थोरै घटेको राष्ट्र बैंकले जनाएको छ ।

‘तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महसुस गरेका छन् । व्यक्तिहरुले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्,’ राष्ट्र बैंकले भनेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ५१ बजे

रास्वपा नेता तथा गायक प्रकाश सपुतले गरे मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार तथा गायक

सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट

काठमाडौं – सर्लाही निर्वाचन क्षेत्र नं ४ को एउटा मतदान

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान

काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले

दीपक प्रकाश भट्टले गरे मतदान

काठमाडौं– दीपक प्रकाश भट्टले प्रतिनिधिसभा निर्वाचनका अवसरमा मतदातालाई मतदानमा सहभागी

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ : विश्वप्रकाश शर्मा

झापा – नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्