काठमाडौँ– नेपालमा बेलाबखतमा विदेशी फिल्म छायांकनको लागि आउने गरेका छन्। सन् १९८९ मा शत्रुघन सिन्हा स्टार ‘जखम’ छायांकन भएदेखि गत वर्ष बलिउडकै ‘उचाइ’ समेत नेपालमा सुटिङ भयो । यसबाहेक विजय सेतुपती, केके मेनन स्टारर ‘फर्जी’ छायांकन भएको पछिल्लो हिन्दी वेब सिरिज हो । नेपालको सुन्दरतालाई कैद गर्न र दर्शकलाई फ्रेस लोकेसन दिन फिल्मकर्मीहरू नेपाल आउने गरेका छन् । तर, नेपालमा हुने कानुनी झन्झटसँगै लिइने शुल्कका कारण धेरै प्रोडक्सन हाउसहरूका नेपाल फर्किएको पाइदैन ।
यद्यपि यसबारे नेपाल सरकारले चासो लिँदै सन् २०२३ देखि २०३३ सम्म नेपालमा छायांकन हुने विदेशी फिल्मले छुट पाउने भएका छन् । सरकारले यो अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले यसले नेपालको पर्यटन बजारमा सकारात्मक लहर ल्याउन विदेशी मुद्राको आम्दानी बढाउने लक्ष्यसहित ७४ वटा पुनरुत्थान कार्यक्रममा घोषणा गरेका छन् । नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना सहित सरकारले घोषणा गरेको हो।
तथ्यांकमा फिचरभन्दा डकुमेन्ट्री छायांकन गर्न आउनेको संख्या देखिने नेपालमा सार्क मुलुकबाहेकका फिल्ममेकरले कुनै एक राष्ट्रिय निकुञ्जमा छायांकन गर्नुपरे १५ सय डलर , माथिल्लो मुस्ताङ र मनाङमा छायांकन गर्नुपरे ५ हजार डलर शुल्क तिर्ने गरेका छन्। नगरपालिका र गाउँपालिकाले स्थानीय सरकारको कर नीतिअनुसार अलग्गै कर लिने गरेका छन् ।
प्रतिक्रिया