यार्सागुम्बाबाट ३६ लाखबढी राजस्व संकलन | Khabarhub Khabarhub

यार्सागुम्बाबाट ३६ लाखबढी राजस्व संकलन


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० लाख १६ हजार ६४ राजस्व संकलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी संकलन र काठ बिक्रीबाट पनि उक्त राजस्व संकलन भएको हो ।  

सो आवमा जिम्बु संकलनबाट ३९ हजार ९८, वन लसुनबाट ३४ हजार ५१२, गुची च्याउबाट १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट ३६ लाख २९ हजार ५०१ र टिम्बरबाट दुई लाख ९५ हजार ४९९ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । 

उनका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । गत वर्ष कोभिड– १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो । गत वर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताए । कुनै पनि रोगको सङ्क्रमण नहुँदा सहज रूपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी संकलनमा आउनेको सङ्ख्या बढेपछि राजस्वमा वृद्धि भएको हो । 

गत आर्थिक वर्ष मनाङमा ४०।५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार २५० राजस्व सङ्कलन भएको थियो । संकलित राजस्व संघीय सरकारअन्तर्गत वित्तीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत सङ्घ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५र२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको गौतमले बताए । 

जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले जानकारी दिए । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर लगायतका स्थानबाट जङ्गली जडीबुटी संकलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् । 

नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी संकलन गरिन्छन् । ठेकेदारले जङ्गली जडीबुटी संकलनका लागि ठेक्का लिने र बाहिरबाट संकलनकर्ता ल्याएर टिपिने गरिन्छ । ठेकेदारले कममा  ३० हजारदेखि ४० हजारसम्म पुर्जी काटेर ठेक्का लिने गरेका गर्दछन् । करिब दुई महिना खर्कमा बसेर जङ्गली जडीबुटी संकलन गर्ने गर्दछन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : १९ बजे

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि

अमेरिकाद्वारा बी-६१-१२ आणविक बमको सफल उडान परीक्षण सम्पन्न

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको

चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा

काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील

नबिल बैंकद्वारा डेबिट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं– नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको