क्यालिफोर्नियामा डढेलो बढ्दै, छ हजार विस्थापित « Khabarhub

क्यालिफोर्नियामा डढेलो बढ्दै, छ हजार विस्थापित


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यालिफोर्नियाको यसोमिटी राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।

क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ ।

क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ ।

अधिकारीहरूले ‘खतरनाक’ भनी वर्णन गरेको डढेलोबाट प्रभावित स्थानमा उद्धारकर्मीहरूले जोखिम क्षेत्रका बासिन्दाहरूलाई उद्धार गर्न र संरचनाहरूको सुरक्षा गर्न खटिरहेका छन् ।

डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पुर्‍याएको छ हजारौं मानिस डढेलोको जोखिममा परेका छन् ।

क्याल फायरका अधिकारी हेक्टर भास्केजले भने, ‘प्रभावित क्षेत्रका छ हजारभन्दा बढी मानिसलाई सुरक्षितस्थलमा सारिएको छ ।’

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमले शनिबार मारिपोसा काउन्टीमा ‘नागरिक र सम्पत्तिको सुरक्षाको लागि अत्यधिक खतराको अवस्था’ रहेको भन्दै उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेका थिए ।

हालैका वर्षहरूमा, क्यालिफोर्निया र अमेरिकाका अन्य भागहरूमा लामो खडेरी र उष्ण जलवायुले गर्दा ठूला डढेलोको जोखिम बढेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ५५ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै