चोरी भएको दुर्गाको मूर्ति अमेरिकाबाट फर्काइँदै « Khabarhub

चोरी भएको दुर्गाको मूर्ति अमेरिकाबाट फर्काइँदै


९ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्त्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।

म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक वस्तु ग्रहण गरेका थिए ।

एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति लगभग १४औं शताब्दीदेखि १८औं शताब्दीको बीचमा काठमाडौँमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो ।

उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।

सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीनवटा नेपाली पुरातात्त्विक वस्तु नेपाल फर्काइएको थियो ।

न्यूयोर्कस्थित महावाणिज्य दूतावासले छिट्टै उक्त मूर्ति पुरातत्त्व विभागसँग समन्वय गरी नेपाल पठाउने जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ६ : ५० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का