क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ « Khabarhub

क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ म्म तलब हुनेगरी काम लगाईदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १० : ३२ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा