बर्दिबास अस्पतालले आइसीयु सेवा सञ्चालन गर्ने  « Khabarhub

बर्दिबास अस्पतालले आइसीयु सेवा सञ्चालन गर्ने 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसियू (सघन उपचार कक्ष) सेवा सञ्चालन गर्ने भएको छ ।   

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने  भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो । 

पछिल्ला दिनमा सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ ।  ‘हामीले गत साउनमै स्वास्थ्य सेवा विभागबाट भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण पायौँ, भर्खरै धुलिखेल अस्पतालसँग भएको सहकार्यले दक्षजनशक्ति पाइने भएको छ’ बर्दिबास नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले भने ,’अब अस्पतालमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष सञ्चालन हुनेछ ।’

बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच बर्दिबास अस्पताल सञ्चालनार्थ पाँच वर्षे आयोजनामा सम्झौता समेत भएको छ । ती दुई निकायबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास र विस्तारसम्बन्धी १० बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा नगर प्रमुख   क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डा विराज कर्माचार्यले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार  स्वास्थ्य सेवा कार्यक्रमको विस्तृतीकरण, प्राविधिक सहयोग, जनशक्तिलाई तालिम, अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको निश्चितता र गुणस्तर कायम गर्न सहयोग गर्नुको साथै बर्दिबास अस्पतालमा (आईसियू) सञ्चालनका लागि तत्काल धुलिखेल अस्पतालले दक्ष चिकित्सक र आवश्यक जनशक्ति दिने र आपसी सहकार्य बढाइने उल्लेख छ । 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १ : ५२ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा