तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने « Khabarhub

तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुआत गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणका निमित्त उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा  टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार ती विमानस्थलमा नयाँ टावर टर्मिनल भवन निर्माणार्थ ठेक्का लगाउन प्राधिकरणले बुधबार सूचना प्रकाशन गरेको छ ।

ती विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाजको सिट सङ्ख्या बढ्नुका साथै हवाईयात्रु पनि बढेकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै प्राधिकरणले नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न लागेको प्रवक्ता निरौलाले बताए । 

उनले विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी ‘डिजाइन’ गरेर नयाँ टर्मिनल भवन बनाउन लागिएको जानकारी दिए । ‘तराई क्षेत्रका विमानस्थलका पुराना संरचना करिब जीर्ण अवस्थामा छन् । ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवनमा यात्रु व्यवस्थापन र विमानस्थलको अत्यावश्यक सुविधा विस्तार गर्न कठिन हुने भएकाले आधुनिक सुविधासम्पन्न टर्मिनल भवन बनाउन प्राधिकरणले प्रक्रिया थालेको छ’, उनले भने।

बहुवर्षीय कार्यक्रमअन्तर्गत ती विमानस्थलका टर्मिनल भवन बनाइनेछ । यसमा सरकारको सेयर लगानी रहने छ । टर्मिनल भवन बनाउन करिब नौ अर्ब लगानी हुने प्राधिकरणले जनाएको छ । ती भवनमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सहित हुनेछ । आन्तरिकमा पसलकबलसहितको एयर कण्डिसन, खुला र फराकिलो हुने गरी बनाइने छ । एक महिनाको सूचनापछि मूल्यांकन गरेर दुई महिनाभित्रै ‘अवार्ड’ हुनेछ ।

प्राधिकरणका प्रवक्ता निरौलाले चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरु हुने र तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो । निर्माणाधीन जुम्ला, तुम्लिङटार र साँफेबगरको काम सकिन लागेको छ । जुम्लाको टर्मिनल भवन अन्तिम चरणमा पुगेको जनाइएको छ ।  

प्राधिकरणका अनुसार मुलुकमा हाल तीन अन्तर्राष्ट्रियसहित जम्मा ५३ विमानस्थल निर्माण भएका छन् । तीमध्ये अहिले ३३ विमानस्थल सञ्चालनमा रहेका छन् भने बाँकी २० विमानस्थल निर्माण भएर पनि सञ्चालन भएका छैनन् । हालसम्म ४० विमानस्थल कालोपत्र गरिएका छन् । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । पोखरा क्षेत्रीय विमानस्थल आगामी सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने प्राधिकरणले जनाएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर अहिले आन्तरिकमा ११ हेलिकोप्टर कम्पनीसहित २०  वायुसेवा प्रदायक तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २६  वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  २ : ०४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम